2026-10-11 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन ३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोड २९ लाख बराबरको कारोबार

काठमाडौँ | साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.८१ अंकले बढेको छ । १.४२ प्रतिशतले बढेर यसदिन दुई हजार ७५५.४७ बिन्दुमा बजार बन्द भयो ।
यस्तै सेन्सेटिभ इन्डेक्स ३.३०, फ्लट इन्डेक्स २ र सेन्सेटिभ फ्लट इन्डेक्स १.११ अंकले बढेको छ । आज ८ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको हो ।
 यस्तै सुपर म्यादी हाइड्रो र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ भने मिथिला लघुवित्तमा भने नकारात्मक सर्टिट लागेको छ ।
 कारोबारमा आएका २४४ कम्पनीमध्ये १९९ कम्पनीको शेयर बढेको छ भने ४० कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै ५ कम्पनीको शेयर स्थिर रहेको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ । मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध