Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १३ गते, अपराह्न ५:२१ बजे अर्थ/विकास, काठमाडौँ - KTM, मुख्य समाचार

आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबार ९ सयले बढेको सुनको मूल्य आज ३ सयले घटेको हो। आज सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।