Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज आइतबार पनि घट्यो सुनको भाउ!

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सुनको मूल्य आज आइतबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो। गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो।

चाँदी पनि आज २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ। शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो।