Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।