2026-10-11 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ । आव्हान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । बोलकबोल र निष्काशन मिति दुवै २०८१ पुस १४ मा तोकिएको छ । साँवा र ब्याज भुक्तानी भने २०८१ माघ ६ मा हुनेछ ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आव्हान रकमसम्म बोल गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ ।

बोलकबोल ब्याजदरमा आधारित हुनेछ, जसमा न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत भएमा सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंक खाता खर्च गरी रकम लिने व्यवस्था हुनेछ ।

निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने प्रावधान छ । तर, निर्देशनअनुसारको अन्य मौज्दातमा भने यो रकम गणना गर्न सकिनेछ ।

बोलकबोल प्रक्रियाबारे विस्तृत जानकारी आवश्यकपरे राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध