२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य

२६ पुष २०८१, शुक्रबार ११:३४

काठमाडौँ | स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि उकालाेमा रहेको सुनको मूल्य यसदिन पनि बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य प्रतिताेला ८ सय रूपैयाँले बढेकाे छ ।

मूल्य बढेसँगै शुक्रबार सुनकाे मूल्य प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ ।

यसअघि बुधबार प्रतितोला ५ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य बिहीबार प्रतितोला ८ सय रूपैयाँले बढेकाे थियाे । जसअनुसार शुक्रबारकाे बृद्धिसँगै तीन दिनमै सुनकाे मूल्यमा २ हजार १ सय रूपैयाँले बृद्धि भएकाे छ ।

सुनकाे मूल्य बढिरहँदा शुक्रबार स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे महासंघले जनाएकाे छ । बिहीबारकाे तुलनामा प्रतिताेला ५ रूपैयाँले बढ्दै चाँदीकाे मूल्य स्थानीय बजारमा प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँ पुगेकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मूल्य प्रतिऔंस २६ सय ७३ अमेरिकी डलर कायम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो