२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य

२०८१, २६ पुष शुक्रबार ११:३४

काठमाडौँ | स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि उकालाेमा रहेको सुनको मूल्य यसदिन पनि बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य प्रतिताेला ८ सय रूपैयाँले बढेकाे छ ।

मूल्य बढेसँगै शुक्रबार सुनकाे मूल्य प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ ।

यसअघि बुधबार प्रतितोला ५ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य बिहीबार प्रतितोला ८ सय रूपैयाँले बढेकाे थियाे । जसअनुसार शुक्रबारकाे बृद्धिसँगै तीन दिनमै सुनकाे मूल्यमा २ हजार १ सय रूपैयाँले बृद्धि भएकाे छ ।

सुनकाे मूल्य बढिरहँदा शुक्रबार स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे महासंघले जनाएकाे छ । बिहीबारकाे तुलनामा प्रतिताेला ५ रूपैयाँले बढ्दै चाँदीकाे मूल्य स्थानीय बजारमा प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँ पुगेकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मूल्य प्रतिऔंस २६ सय ७३ अमेरिकी डलर कायम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना