2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखोलामा पक्की पुल निर्माण गर्न त्रिपक्षीय सम्झौता

असार ३०, सोलुखुम्बु । सल्लेरी–खोरिया सडक खण्डस्थित सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने भएको छ । 

जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका र अपरसोलु हाइड्रोपावरबीच पुल निर्माण गर्ने विषयमा हिजो बिहीबार त्रिपक्षीय सम्झौता भएपछि पुल बन्ने पक्का भएको हो । 

कुल रु पाँच करोड एक लाख ६३ हजार ८२८ को लागतमा बन्न लागेको उक्त पुलको अपरसोलु हाइड्रोपावरले रु दुई करोड ५२ लाख ३८ हजार ३८६ जिल्ला समन्वय समिति सोलुखुम्बुबाट रु एक करोड ६९ लाख ५० हजार र सोलु दूधकुण्ड नगरपालिकाको रु ७६ लाख ७५ हजार ४११ लगानी रहने सहमतिसहित सम्झौता भएको जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

लम्बाइ ३१.२ मिटर र चौडाइ पाँच मिटर रहने उक्त पुलको क्षमता ५० टन रहने कार्यालयले जनाएको छ । २०७५ साल माघभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुलको बोलपत्र आह्वान तत्काल नगरपालिकाले गर्ने छ । 

पुल निर्माण सम्पन्न भएपछि जिल्लालाई राजधानीसँग सिधा जोड्न सकिनेछ । हाल जिल्लालाई राजधानीसँग जोडिएको ओखलढुङ्गा जन्तर धाप सडक खण्डमा पर्ने सिस्नेरी पहिरोका कारण जिल्लावासीले सास्ती खेप्दै आएका छन् । 

हिउँद् याममा समेत गाडी फस्ने समस्या झेल्नुपरेको जिल्लावासीले हाल सम्झौता भई निर्माण प्रक्रिया अगाडि बढाइएको पुल निर्माण सम्पन्न भएसँगै उक्त सास्तीबाट मुक्ति मिल्ने छ । 

जिल्लाको जोरबौद्धबाट खोरिया, टाप्टिङ हँुदै जन्तरधाप जोडिने उक्त सडकमा बन्न लागेको पुलनिर्माणपछि सोलु दूधकुण्ड, गोरा, केरुङ र टाप्टिङका नागरिकलाई सदरमुकामसम्म आवतजातको लागि समेत सहज हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द