2026-10-11 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौँ | वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।

दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खातामा ३.२५ मै कायम रहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा ५.५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यता, लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.७५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकको यो पुस महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५ प्रतिशतबाट बढेको हो भने संस्थागत खातामा ४.५ प्रतिशत नै कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध