१ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व

१ माघ २०८१, मंगलवार ०९:१६

काठमाडौं | चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ ।

आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व सङ्कलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अहिले सङ्कलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व सङ्कलन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व सङ्कलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरूप राजस्व सङ्कलनमा केन्द्रित हुने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस् अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई आरोपी पक्राउ रजत पाटीदार बने आरसिबीको कप्तान नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका निलम्बित सचिव टेकनारायणको रिहाइ चिकित्सकको हातमा कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख ११ देखि (तालिकासहित) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना ट्रम्प र पुटिन साउदी अरेबियामा भेट्ने, युक्रेनको विषयमा निर्णय लिने एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य के अमेरिकाले डिभी ‘लट्री’ कार्यक्रम बन्द गर्न लागेको हो? विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा एक शिक्षिका पक्राउ सर्वोच्चले फेरि भन्यो : ‘जनयुद्ध दिवसमा बिदा नदिनू’ बिहेको १२ घण्टामै दुलाहाको मृत्यु, आफन्तका लागि मिठाई किन्न गएका सतीश दुर्घटनामा अस्ताए आज फेरी सुनको मूल्यमा उच्च वृद्धि, कतिमा भइरहेछ कारोबार ? सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ :अध्यक्ष प्रचण्ड आज विश्व रेडियो दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै आज दुईवटा संसदीय समितिको बैठक बस्दै