काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८३ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९४ पैसा र बिक्रीदर ८६ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७१ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ०५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ८६ पैसा र बिक्री दर आठ रुपियाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा कायम भएको छ।