साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकता"/>
2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासका लागि बिर्तामोडमा २८ समस्या र चुनौति

साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् । 

चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि बढाउने उनीहरुले बताएका छन् । जनताको अपेक्षा अनुसार काम गर्न तत्काल धेरै चुनौति र समस्याहरु देखापरेको पनि जनप्रतिनिधिहरुले जनाएका छन् । 

संवाद समूहको सचिवालय झापाले बुधबार बिर्तामोडमा गरेको छलफलमा त्यहाँका जनप्रतिनिधिले समयमा नै प्रशिक्षण नपाउँदा आफूले निर्वाह गर्ने कतिपय जिम्मेवारीको बारेमा समेत द्विविधा रहेको बताए । 

बिर्तामोडका नगरप्रमुख धु्रवकुमार शिवाकोटीले नगरभित्र तत्काल २८ वटा समस्या तथा चुनौति देखापरेको बताउँदै त्यसको उचित ढंगले समाधानका लागि आफूहरु लागीपरेको जनाए । पहिलो कुरो त कार्यालय व्यवस्थापन र कर्मचारी व्यवस्थापनमै समस्या रहेको उनले सुनाए । अधिकांश वडामा कार्यालय छैनन् । कतै संयुक्त वडा कार्यालय त कतै भाडाको घरमा कार्यालय व्यवस्थापनका लागि काम भइरहेको प्रमुख शिवाकोटीको भनाइ छ । 

स्वास्थ्य, शिक्षा, सुरक्षा, ढल, सडक, प्रदुषण, विषादि, खानेपानी, लागूपदार्थ दुव्र्यसन, फोहोर व्यवस्थापन, गाडी पार्किङ, सार्वजनिक शौचालय, अव्यवस्थित बसोबास, छाडा चौपाय, अव्यवस्थित भिटा प्लटिङ, अन्धुवा खोला नियन्त्रण, कालो बजारी, बन्द हड्ताल, हात्ती आतंक, गरिबी, सिंचाइ जस्ता समस्या र चुनौति बिर्तामोड नगरको रहेको प्रमुख शिवाकोटीले बताए । 

वडा नं. १ का अध्यक्ष अग्नी पाण्डेले कार्यालय भवन, बजेट व्यवस्थापन, अन्धुवा खोला र डुबान समस्याको रुपमा रहेको बताए । उनले अन्धुवा नियन्त्रण गर्दै तीन वर्षभित्र वडालाई डुबानरहित र एक वर्षभित्र टुकीरहित वडाको रुपमा विकास गर्न प्राथमिकताका साथ काम थालिएको बताए । 

पत्रकार मदन ढकालको नाममा मदन पुस्तकालय स्थापना र सूचना केन्द्र निर्माणका साथै वडालाई बन्द निषेध, सबै व्यवसायीलाई कानूनी दायरामा ल्याउने, खुला दिसामुक्त क्षेत्र घोषणा, हरेक घरमा खानेपानी, सडक, स्वास्थ्य र सुरक्षाका लागि प्राथमिकताका साथ काम गर्ने बताए । 

बिर्तामोड– १ मा एउटा पनि सरकारी विद्यालय नभएको हुँदा उपयुक्त ठाउँमा सरकारी विद्यालय स्थापना गर्ने समेत पाण्डेले बताए । 

वडा न. २ का अध्यक्ष नगेन्द्र संग्रौलाले फराकिला बाटो, ढल निर्माण जस्ता विषय प्राथमिकतामा रहेको बताए । नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने उनले जनाए । ०७५ सालभित्र आफ्नो वडालाई टुकीमुक्त गर्ने गरी काम शुरु भएको संग्रौलाले बताए । 

नागरिकता र जग्गा बिक्री सिफारिस, सिंचाइ, फोहोर व्यवस्थापन, खुला दिसामुक्त क्षेत्र जस्ता विषय चुनौतिको रुपमा रहेको बताए । बिर्तामोड नगरले पाँच वर्षभित्र सय किलोमिटर सडक कालोपत्रे गर्ने र सय किलोमिटर थप सडक ढलसहित ग्राभेल गर्ने समेत जानकारी गराए । 

वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले गाउँदेखि शहरसम्म जोडिएको यस वडाको प्रमुख समस्या वर्षाको बेला डुबान रहेको बताए । वडालाई डुबानबाट  बचाउँदै डे«नसहितको बाटो निर्माण, विद्युत्, पर्यावरण, पार्किङ लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए । कतिपय वृद्धवृद्धाको नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको, स्वास्थ्य चौकी व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको, पर्यावरण संरक्षण समस्याको रुपमा रहेको बताए । 

वडा नं. ७ का अध्यक्ष गंगा भट्टराईले यस वडामा बाटो, खानेपानी, शिक्षा, हात्ती आतंक नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए । कार्यालय, कर्मचारी र बजेट नहुँदा समस्यासँगै काम गर्न द्विविधा उत्पन्न भएको उनको भनाइ थियो । 

वडा नं. ९ कि अध्यक्ष पवित्रा पाठकले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, सुरक्षा नै वडाको प्राथमिकतामा रहेको बताउँदै जनअपेक्षा ठूलो रहेको जनाइन् । 

वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले विकासको दृष्टिले ओझेलमा परेको यस वडामा मानिसले आवत–जावत गर्न सक्ने न्यूनतम् मापदण्डको सडक निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । वडा कार्यालय, स्वास्थ्य चौकी र सुरक्षा पोष्ट समेत नरहेको यस वडामा काम गर्न धेरै समस्या र चुनौति रहेको गुरुङको भनाइ थियो ।  विद्युत्, कल्भर्ट र अन्य विषयलाई पनि प्राथमिकताका आधारमा अघि बढाउने उनले बताए । 

अनारमनी, चारपाने र गरामनी गाविस मिलाएर बनाइएको बिर्तामोड नगरपालिका बहुराष्ट्रिय व्यापारको ट्रान्जिट पोइन्ट समेत बन्दै गएको बताउँदै जनप्रतिनिधिहरुले यहाँ व्यवस्थित विकास र सुरक्षा चुनौतिको रुपमा रहेको समेत औंल्याए । उनीहरुले आफूहरु विभिन्न पार्टीबाट निर्वाचित भए पनि अब बिर्तामोडबासीको साझा प्रतिनिधि भएकाले सबैको भावनालाई सम्मान गरेर काम गर्ने प्रतिबद्धता समेत जनाए । 

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

तस्वीरः कमल पाण्डे(बिनोद)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई