काठमाडौँ | आज सोमबार नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो ।
आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढ्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।