आज मंगलबार पनि तोलामा ७ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

साझासवाल
1 Min Read

काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ।

मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा आज बढेर १ लाख ६९ हजार ४०० कायम भएको हो।

आज चाँदीको मूल्य भने स्थिर छ। अर्थात् आज पनि सोमबारजस्तै चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share This Article