२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा गत आवमा ९५ प्रतिशत रकम खर्च

१२ श्रावण २०७४, बिहीबार ०६:२२

साउन १२, रुकुम । जिल्ला समन्वय समिति, रुकुमले गत आव २०७३/०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । 

समन्वय समितिमा प्राप्त भएको जम्मा रु ८४ करोड ४२ लाख ९९ हजार मध्ये रु ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको जिससले बताएको छ । 

जिल्लामा भौतिक प्रगति पनि ९५ प्रतिशत नै भएको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । गत आवमा समन्वय समितिमार्फत काम हुन नसकेर रु तीन करोड ६३ लाख ३७ हजार फिर्ता गएको उहाँले बताए जसमा पूँजीगततर्फको रु दुई करोड ५७ लाख ६८ हजार र चालुतर्फको रु एक करोड पाँच लाख ६८ हजार फिर्ता गएको बताएको छ । 

जिल्लामा सञ्चालन हुने निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चलानमा निकै समस्या हुने उहाँको भनाइ छ । राजनीतिक दलको भागबण्डाका आधारमा योजना छनोट हुने भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चुनौती रहेकाले सबैभन्दा बढी निर्वाचन क्षेत्र विकास कै रकम फ्रिज भएको स्थानीय विकास अधिकारी रानाको भनाइ छ । 

जिल्लामा आएको रकमलाई कार्यान्वयन गरेर विकास निर्माणको कामलाई पूरा गर्नुपर्ने जिम्मेवारी सबैको भएकाले आगामी दिनमा यहाँको विकासका लागि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । विकास निर्माणको कार्यलाई पूरा गर्न एउटा निकाय वा व्यक्ति कसैले पनि गर्न नसक्ने भएकाले सबैको एकता आवश्यक पर्ने उनको भनाइ थियो । 

गत आवमा यहाँ सबैभन्दा बढी रकम सडक निर्माणमा खर्च भएको बताइएको छ । जिल्लामा सञ्चालन भएका ठूला आठ सडक आयोजनाको काम अपेक्षा अनुसारको हुन नसकेको कारण पनि बढी रकम फ्रिज भएको जिल्ला समन्वय समितिको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ