२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा गत आवमा ९५ प्रतिशत रकम खर्च

२०७४, १२ श्रावण बिहीबार ०६:२२

साउन १२, रुकुम । जिल्ला समन्वय समिति, रुकुमले गत आव २०७३/०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । 

समन्वय समितिमा प्राप्त भएको जम्मा रु ८४ करोड ४२ लाख ९९ हजार मध्ये रु ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको जिससले बताएको छ । 

जिल्लामा भौतिक प्रगति पनि ९५ प्रतिशत नै भएको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । गत आवमा समन्वय समितिमार्फत काम हुन नसकेर रु तीन करोड ६३ लाख ३७ हजार फिर्ता गएको उहाँले बताए जसमा पूँजीगततर्फको रु दुई करोड ५७ लाख ६८ हजार र चालुतर्फको रु एक करोड पाँच लाख ६८ हजार फिर्ता गएको बताएको छ । 

जिल्लामा सञ्चालन हुने निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चलानमा निकै समस्या हुने उहाँको भनाइ छ । राजनीतिक दलको भागबण्डाका आधारमा योजना छनोट हुने भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चुनौती रहेकाले सबैभन्दा बढी निर्वाचन क्षेत्र विकास कै रकम फ्रिज भएको स्थानीय विकास अधिकारी रानाको भनाइ छ । 

जिल्लामा आएको रकमलाई कार्यान्वयन गरेर विकास निर्माणको कामलाई पूरा गर्नुपर्ने जिम्मेवारी सबैको भएकाले आगामी दिनमा यहाँको विकासका लागि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । विकास निर्माणको कार्यलाई पूरा गर्न एउटा निकाय वा व्यक्ति कसैले पनि गर्न नसक्ने भएकाले सबैको एकता आवश्यक पर्ने उनको भनाइ थियो । 

गत आवमा यहाँ सबैभन्दा बढी रकम सडक निर्माणमा खर्च भएको बताइएको छ । जिल्लामा सञ्चालन भएका ठूला आठ सडक आयोजनाको काम अपेक्षा अनुसारको हुन नसकेको कारण पनि बढी रकम फ्रिज भएको जिल्ला समन्वय समितिको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै