२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय सिमेन्टको पैठारी यसरि रोकियो

२०७४, १६ श्रावण सोमबार ०४:३६

साउन १६, धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । 

सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । 

नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताउनुभयो । 

यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । 

भारतीय सिमेन्टको आयात रोकिए पनि यहाँ सिमेन्टको अभाव भने छैन । माग अनुसारको नेपाली सिमेन्ट बजारमा प्रशस्त रहेको सिमेन्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेन्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ । नेपाली सिमेन्टको मूल्य र गुणस्तर भारतीय सिमेन्टको तुलनामा राम्रो र सस्तो रहेकाले यसको माग पनि ह्वात्तै बढेको स्थानीय व्यापारी शंकरप्रसाद तिवारी बताउनुहुन्छ । 

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेन्ट पैठारी गर्न जरुरी नरहेको तिवारीले बताउनुभयो । यद्यपि विभिन्न भौतिक संरचना निर्माण कार्यमा संलग्न ठेकेदार र इञ्जिनियर कतिपयले भारतीय सिमेन्ट उत्पादक कम्पनी र तिनका एजेन्टसँग गर्ने गरेको मिलेमतोकै कारण निर्माण कार्यमा भारतीय सिमेन्टकै प्रयोग गर्न सिफारिस गर्ने गरेको बताइन्छ । यस क्षेत्रमा हरेक संरचनाको निर्माणमा भारतीय सिमेन्ट प्रयोग हुँदै आएकामा पछिल्लो एक दशकदेखि नेपाली सिमेन्टले बजार लिएको छ । 

नेपाली सिमेन्टले बजार लिन थालेपछि भारतीय सिमेन्टको प्रयोग पनि बर्षेनी घट्दै गएको छ । तर पनि गत आव ०७३÷७४ मा कैलाली भन्सार नाकाबाट करिब रु २८ करोड ८५ लाख ८९ हजार मूल्य बराबरको तीन करोड १६ लाख ५२ हजार ४०० किलो भारतीय सिमेन्ट भित्रिएको भन्सार कार्यालयको तथ्याङ्कमा जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्