२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय सिमेन्टको पैठारी यसरि रोकियो

१६ श्रावण २०७४, सोमबार ०४:३६

साउन १६, धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । 

सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । 

नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताउनुभयो । 

यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । 

भारतीय सिमेन्टको आयात रोकिए पनि यहाँ सिमेन्टको अभाव भने छैन । माग अनुसारको नेपाली सिमेन्ट बजारमा प्रशस्त रहेको सिमेन्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेन्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ । नेपाली सिमेन्टको मूल्य र गुणस्तर भारतीय सिमेन्टको तुलनामा राम्रो र सस्तो रहेकाले यसको माग पनि ह्वात्तै बढेको स्थानीय व्यापारी शंकरप्रसाद तिवारी बताउनुहुन्छ । 

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेन्ट पैठारी गर्न जरुरी नरहेको तिवारीले बताउनुभयो । यद्यपि विभिन्न भौतिक संरचना निर्माण कार्यमा संलग्न ठेकेदार र इञ्जिनियर कतिपयले भारतीय सिमेन्ट उत्पादक कम्पनी र तिनका एजेन्टसँग गर्ने गरेको मिलेमतोकै कारण निर्माण कार्यमा भारतीय सिमेन्टकै प्रयोग गर्न सिफारिस गर्ने गरेको बताइन्छ । यस क्षेत्रमा हरेक संरचनाको निर्माणमा भारतीय सिमेन्ट प्रयोग हुँदै आएकामा पछिल्लो एक दशकदेखि नेपाली सिमेन्टले बजार लिएको छ । 

नेपाली सिमेन्टले बजार लिन थालेपछि भारतीय सिमेन्टको प्रयोग पनि बर्षेनी घट्दै गएको छ । तर पनि गत आव ०७३÷७४ मा कैलाली भन्सार नाकाबाट करिब रु २८ करोड ८५ लाख ८९ हजार मूल्य बराबरको तीन करोड १६ लाख ५२ हजार ४०० किलो भारतीय सिमेन्ट भित्रिएको भन्सार कार्यालयको तथ्याङ्कमा जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ