2026-09-11 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

त्रिवेणी (नवलपरासी) | खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा, चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो ।

“गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो अब” हेमबहादुरले भन्नुभयो । विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उहाँले बताउनुभयो । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उहाँले बताउनुभयो ।

खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताउनुभयो । खानेपानी संस्थाका सचिवसमेत रहनुभएका उहाँ अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ । अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।

खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताउनुभयो । “अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर हिँड्नेनै टुङ्गोमा थियौँ, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने” उहाँले भन्नुभयो “अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गै जस्तो भएको छ”

पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताउनुभयो । पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उहाँले बताउनुभयो । पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताउनुभयो । बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उहाँले बताउनुभयो ।

झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो । कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पु¥याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताउनुभयो । मुहान भएको स्थानसम्म विद्युत् पुर्याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस