साउन २०, काठमाडौँ । प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ ना"/>
साउन २०, काठमाडौँ । प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ ना"/>
साउन २०, काठमाडौँ । प्रभु बैंकले गत आर्थिक बर्षमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ नाफा रहेको थियो।
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुई अर्ब ५२ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।
बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ ।
बैंकले गत आर्थिक बर्षमा ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब पाँच करोड रुपैयाँ जम्मा भएको छ। बैंकको जगेडा कोष वृद्धि भएको हो ।अघिल्लो आर्थिक बर्षमा जम्मा ३६ करोड ६३ लाख रुपैयाँ मात्र थियो।
बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्ष १२.१३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा घगेर ११.०५ प्रतिशत रहेको छ। बैंकको ल्याएको छ। अघिल्लो आर्थिक बर्षमा ८.३८ प्रतिशत रहेको खराब कर्जामा सुधार गर्दै गत वर्ष४.२९ प्रतिशत झारेको छ।