साउन २०, काठमाडौँ । प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब ११ करोड रुपैयाँ नाफा"/>
साउन २०, काठमाडौँ । प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब ११ करोड रुपैयाँ नाफा"/>
साउन २०, काठमाडौँ । प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले गत आर्थिक बर्ष खुद ब्याज आम्दानी एक अर्ब ९० करोड रुपैयाँ गरेको थियो। बैंकले अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी एक अर्ब ५८ करोड रुपैयाँ थियो। बैंकले गत आर्थिक बर्षमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने अघिल्लो आर्थिक बर्षमा ४८ अर्ब ३४ करोड रुपैयाँ थियो। बैंकले गत आर्थिक बर्षमा ५७ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा ४० अर्ब २७ करोड रुपैयाँ थियो।
बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै जगेडा कोषमा उल्लेख्य मात्रामा बृद्धि भएको छ। बैंकले एक आर्थिक बर्षमा ८४ करोड ६२ लाख रुपैयाँको जगेडा कोषलाई तीन अर्ब १२ करोड रुपैयाँ बनाएको छ।
बैंकको पूँजी कोष अनुपातमा सुधार आएको छ। एक आर्थिक बर्षमा ११.६० प्रतिशतको पूँजी कोष अनुपात १३.३६ प्रतिशत भएको छ। त्यस्तै खराब कर्जा १.२३ प्रतिशतबाट घटेर ०.७८ प्रतिशत रहेको छ।