साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन प"/>

2026-10-23 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै एक किलो प्लास्टिकबाट ८ सय मिलिलिटर पेट्रोल


साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ ।

पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको सफल परीक्षण गरिसकेको छ ।

यस सम्बन्धी आवश्यक प्रविधि भित्र्याएर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ प्रशोधन गर्न सफल भइसकेको प्रतिष्ठानले जनाएको छ ।

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठानअन्तर्गत प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले बताए । एक किलोग्राम प्लास्टिकबाट आठ सय मिलिलिटर भन्दा बढी पेट्रोलियम पदार्थ उत्पादन भइरहेको पनि उनले बताए ।

तेलको गुणस्तर र प्रयोग कहाँ एंव कसरी गर्ने भन्ने विषयमा अहिले अध्ययन/अनुसन्धान भइरहेको छ, उनले भने, “यी विषयमा पनि अध्ययन सकिएपछि हामी स्थानीय निकायसँग सहकार्य गरेर सहरी क्षेत्रमा थुप्रिएका प्लास्टिकको व्यवस्थापनतर्फ लाग्नेछौं ।”

पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा नेपालका लागि नयाँ विषय भए पनि विश्वका लागि भने होइन । पेट्रोलियम पदार्थबाट नै पोलिथिन बन्ने भएकाले पोलिथिनलाई तताएर फेरि पेट्रोलियम पदार्थ बनाउन सकिन्छ ।

नेपालमा दुई वर्ष पहिले प्रतिष्ठान र ‘इको प्लास्टिक जापान’ नामक संस्थाबीच यो क्षेत्रमा अध्ययनका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

‘सुरुको वर्षमा एक किलो झोलालाई मात्रै प्रशोधन गर्ने मेसिन थियो, अहिले प्रतिष्ठान आफैँंले १० किलो प्रशोधन गर्न मिल्ने मेसिन खरिद गरेको छ,’ उनले भने, “अध्ययन सकिएपछि प्लास्टिकको व्यवस्थापनका लागि टन प्रशोधन गर्ने मेसिन खरिद गर्नुपर्छ ।”

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने हो भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ, डा ढुंगेलले भने, ‘खपत भएका पोलिथिनको व्यवस्थापन हुँदा वातावरणमा स्वच्छता र सफाइमा सहयोग पुग्न छ भने पेट्रोलियम पदार्थको उत्पादन स्वदेशमै हुनेछ ।’

“भोलि सबै प्लास्टिकलाई प्रशोधन गर्दा आयात हुने पेट्रोलियम पदार्थको मात्रा समेत कम गर्न सकिनेछ,” उनले भने ।

अहिले नगरपालिकाको संख्या ह्वात्तै बढेको छ । फोहोरमैलाको व्यवस्थापन नयाँ नगरपालिकाका लागि प्रमुख चुनौती भएको सन्दर्भमा दुई÷चारवटा नगरपालिका मिलेर पोलिथिन प्रशोधन गर्ने उपकरण किन्न र सञ्चालन गर्न सकिन्छ, यसबाट फोहरमैला समेत व्यवस्थापन हुने दावी डा ढुंगेलको छ ।

उनले भने, “खरिद गर्न रकम मिलाएर हालेर सबैलाई पायकपर्ने ठाउँमा प्रशोधन केन्द्र चलाउन सकिनेछ ।” प्रतिष्ठानले स्थानीय निकायसँग सहकार्य बढाउने पनि उहाँले बताउनुभयो । पोलिथिन झोला प्रशोधन गर्ने खर्च पेट्रोलियम पदार्थले नै पुर्याउनेछ डा ढुंगेलले भने । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने