पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतको तिलाहार धुँवामुक्त बन्दै

२३ श्रावण २०७४, सोमबार ०१:३९

पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।


धुवामुक्त वडाका लागि पहिलो चरणमा तिलाहारका २१ घरधुरीलाई परिक्षणको रुपमा धुवारहित चुल्हो वितरण गरिएको छ । हालसम्म पर्वतका ८ वटा साविकका गाविसहरु धुवामुक्त भैसको छन् । स्थानिय वासीहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस र जलवायु परिवर्तमा समेत टेवा पुगोस भन्ने उद्धेश्यले धुवामुक्त वडा घोषणा गर्ने अभियान शुरु गरिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।


उहाँले अहिले परिक्षणको रुपमा २१ वटा धुँवारहित चल्हो वितरण गरिएको र क्रमस वडाभित्रका सवै घरधुरीमा वितरण गरिने पनि उहाँले बताउनुभयो ।

पर्वत जिल्लाका ३५ हजार घुरधुरी मध्ये झण्डै २२ हजार घरधुरीमा सुधारिएको चुल्हो निर्माण भैसकेका छन् । यस अघि जिल्लाको ठानामौला, खानीगाउँ, भँगरा, कार्कीनेटा, थापाठाना, बनौ, क्याङ र हाश्राङ्दी धुवामुक्त भैसकेका छन् । छिटो खाना पाक्ने, घर सफा सुघ्घर रहने, दाउराको कम खपत लगायतका कारणले पनि यसतर्फ ग्रामीण क्षेत्रका बासिन्दाहरुको आकर्षण बढ्दै गएको हो ।


पछिल्लो समय एलपी ग्याँस प्रयोग कर्ताहरुको संख्या समेत उल्लेख्य रुपमा बढेकाले पनि सुधारिएको चुल्हो विस्तार हुने क्रम न्यून हुँदै गएको जिल्ला उर्जा वातावरण शाखाका प्रमुख मञ्जु शिलाकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ