पोखरा, २४ साउन  । युवा व्यवसायी राजन सुवेदीले पोखरा लेखनाथ महानगरपालिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, २४ साउन  । युवा व्यवसायी राजन सुवेदीले पोखरा लेखनाथ महानगरपालिका "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युवा व्यवसायी सुवेदीले खोले पामेमा ‘होटल पिराज एण्ड रेस्टुरेन्ट’

२०७४, २४ श्रावण मंगलवार १३:०४

पोखरा, २४ साउन  । युवा व्यवसायी राजन सुवेदीले पोखरा लेखनाथ महानगरपालिका २४ स्थित पामेमा होटल पिराज एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय पामे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै सुवेदीले होटलमा लगानी गरेका हुन् । होटलको बुधबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन हुँदैछ ।

होटलमा जग्गासहित करिब २ करोड रुपैयाँ लगानी गरिएको सुवेदीले जानकारी दिए । ‘पामे आउने पर्यटकलाई आवासीय सेवा उपलब्ध गराउने लक्ष्यसहित होटल सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘रेस्टुरेन्टमा यहाँका स्थानीय परिकारहरु खुवाउने व्यवस्था गरेका छौं ।’


रेस्टुरेन्ट ६० जना क्षमताको र होटल ३० जना क्षमताको रहको सुवेदीले जानकारी दिए । पर्यटकस्तरका ९ वटा कोठाबाट सेवा शुभारम्भ भएपनि आवश्यकता अनुसार लगानी बढाउने उनले बताए । ‘रेस्टुरेन्टमा स्थानीय माछा, कुखुरा, हाँस, खसीको मासुका परिकार खुवाइनेछ,’ उनले भने, ‘पारिवारिक वातावरणमा पर्यटकलाई स्वागत गर्नेछौं ।’

नेपाली टिपिकल ढिँडो तथा अर्डर अनुसारको खाना र खाजाको व्यवस्था गरिएको सुवेदीले जानकारी दिए । ‘पानीको सट्टा मोही खुवाउने व्यवस्था गरिएको छ,’ उनले भने । होटलमा ५ जना कर्मचारी कार्यरत छन् । फेवातालको सिरानमा रहेको पामे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै होटल क्षेत्रमा लगानी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण