२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको दशरथचन्द नगरको बजेट ५३ करोड

२०७४, २७ श्रावण शुक्रबार ०१:४१

साउन २७, बैतडी । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ । 

बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । यस्तै, सामाजिक विकासमा २३, आर्थिक विकासमा १२, वातावरण र विपद् व्यवस्थापनमा १०, संस्थागत विकासमा तीन, वित्तीय व्यवस्थापन र सुशासनमा दुई प्रतिशत रकम विनियोजन गरिएको छ । 

नगरपालिकाले भौतिक पूर्वाधार विकासमा खानेपानी, सडक, सिँचाइ र कृषिमा जोड दिने नीति लिएको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘सफा, समृद्ध र उज्यालो शहर, दशरथचन्द नगरवासीको साझा रहर’ भन्ने नारा तय गरिएको र यो नारालाई सार्थक तुल्याउन बजेट केन्द्रित गरिएको नगरप्रमुख थापाले बताउनुभयो । कुल पूँजीगत बजेटको ५० प्रतिशत वडा कार्यालयलाई दिइएको र त्यसपछि भूगोल, जनसङ्ख्या र विकटताको हिसाबले बजेट थप गरेको उहाँले बताउनुभयो । 

यस्तै, नगरपालिकाले नगरभित्रको फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ भने नयाँ वडाहरुमा सौर्य सडक बत्तीका लागि पनि बजेट छुट्याइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस