2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५०, वित्त एक दशमलव २८, होटल तथा पर्यटन शून्य दशमलव ३३ र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९२ करोड ८९ लाख ६२ हजार ७६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १७ लाख ४७ हजार ५८१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा