साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सको काठमाडौं-साउदी सिधा उडान

२०७४, ३१ श्रावण मंगलवार १२:३३


साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै हिमालय एअरलाइन्सले नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक साउदीमा उडान भर्न लागेको जनाएको छ ।

दैनिक सिधा उडानले साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको दशैं तथा दिपावलीमा घर आउन आउन सहज कम्पनीले जनाएको छ । यसबाट दमाम र काठमाडौं यात्रा गर्ने हजारौ नेपालीहरुको समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाइन्सको विमान उडान नम्बर एच ९५५९ (H9559) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साढे १० बजे उडेर किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिनको १२ बजेर ५० मिनेट जाँदा अवतरण गर्ने छ । 

त्यसैगरी उडान नम्बर एच ९५६० (H9560)  किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमामबाट १ बजेर ५० मिनेट जाँदा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेर १५ मिनेट जाँदा अवतरण हुनेछ । 

एअरलाइन्सले काठमाडौं-दमाम-काठमाडौंको लागि शुरुवाती टिकटदर करबाहेक २३ हजार ८ सय रुपैयाँ एकतर्फी र ३८ हजार रुपैयाँ दुईतर्फी तोकेको छ । त्यसैगरी दमाम-काठमाडौं-दमामको शुरुवाती टिकटदर एकतर्फी करबाहेक ८ सय ५० रियाल र दुईतर्फी १३ सय ६० रियाल तोकेको छ । साथै दुवै मार्गमा बिजनेस क्लासको लागि ४० किलो र इकोनोमी क्लासको लागि ३० किलो ब्यागेज ल्याउन निःशुल्क गरेको एअरलाइन्सले जनाएको छ ।  

हिमालय एअरलाईन्सलअसफार ट्राभल एउण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । उक्त ट्राभल एजेन्सीले हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बजार विस्तार, रिजर्भेसन र टिकट सेवा लगायत सम्पूर्ण कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण