ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवदुर्गा गाउँपालिका डडेल्धराको २४ करोड बढीको बजेट पारित

३१ श्रावण २०७४, मंगलवार १६:३९


ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार २४ करोड २४ लाख ३८ हजार ६ सय ६२ रुपैयाँको बजेट पारित गरेका हो ।

गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवत्ता पदम विष्टले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

गाउँपालिकामा संचालित ठूला तथा साना विकास योजना तथा कार्यक्रमलाई नतिजामा आधारित बनाउन सघन अनुगमन कार्यक्रमको थालनि गरिने, अति विपन्न महिला, दलित, अपाङ्ग, ज्येष्ट नागरिकका लागि विशेष योजना बनाइने, गाउँपालिका भित्र रहेका घरबार बिहिनहरुका लागि आवासको व्यवस्था मिलाईने बजेटमा समावेश गरिएको छ ।

यस्तै सडकहरुको स्तरोउन्नती गर्ने, गाउँपालिकाका जनताका घरघरमा स्वच्छ खानेपानीको व्यस्था गरिने, नवदुर्गालाई पलाष्टिक मुक्त गाउँपालिका घोषणा गरिने आर्थिक २०७४/०७५ को वजेटमा उल्लेख छ ।

विजुली बत्ती नपुगेका बस्तीहरुमा विजुली पु¥याइने, कृषि सडक, खानेपानीको व्यवस्था गरिने, उन्नत जातका गाई, भैँसी, बाख्रा लगायतका पशुपन्छिहरुको उत्पादनको लागि विशेष कार्यक्रम गरिने भएको छ । गाउँपालिका भित्र १५ शैयाको अस्पताल निर्माणका लागि यसै वर्षदेखी पहल गरिने जनाइएको छ ।

साथै गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास गरिने, विद्यालयको गुणस्तर विस्तारमा ध्यान दिइने समेत वजेटमा समावेश गरिएको छ ।  गाउँसभाबाट चालु आर्थिक वर्षको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका थियो ।

यस्तै अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभा भोली हुने भएको छ । गाउँपालिकाको प्रथम सभा प्रद्धिस धार्मिक तथा पर्यटकीय स्थल अजयमेरुकोटमा हुने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ