ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवदुर्गा गाउँपालिका डडेल्धराको २४ करोड बढीको बजेट पारित

२०७४, ३१ श्रावण मंगलवार १६:३९


ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार २४ करोड २४ लाख ३८ हजार ६ सय ६२ रुपैयाँको बजेट पारित गरेका हो ।

गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवत्ता पदम विष्टले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

गाउँपालिकामा संचालित ठूला तथा साना विकास योजना तथा कार्यक्रमलाई नतिजामा आधारित बनाउन सघन अनुगमन कार्यक्रमको थालनि गरिने, अति विपन्न महिला, दलित, अपाङ्ग, ज्येष्ट नागरिकका लागि विशेष योजना बनाइने, गाउँपालिका भित्र रहेका घरबार बिहिनहरुका लागि आवासको व्यवस्था मिलाईने बजेटमा समावेश गरिएको छ ।

यस्तै सडकहरुको स्तरोउन्नती गर्ने, गाउँपालिकाका जनताका घरघरमा स्वच्छ खानेपानीको व्यस्था गरिने, नवदुर्गालाई पलाष्टिक मुक्त गाउँपालिका घोषणा गरिने आर्थिक २०७४/०७५ को वजेटमा उल्लेख छ ।

विजुली बत्ती नपुगेका बस्तीहरुमा विजुली पु¥याइने, कृषि सडक, खानेपानीको व्यवस्था गरिने, उन्नत जातका गाई, भैँसी, बाख्रा लगायतका पशुपन्छिहरुको उत्पादनको लागि विशेष कार्यक्रम गरिने भएको छ । गाउँपालिका भित्र १५ शैयाको अस्पताल निर्माणका लागि यसै वर्षदेखी पहल गरिने जनाइएको छ ।

साथै गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास गरिने, विद्यालयको गुणस्तर विस्तारमा ध्यान दिइने समेत वजेटमा समावेश गरिएको छ ।  गाउँसभाबाट चालु आर्थिक वर्षको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका थियो ।

यस्तै अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभा भोली हुने भएको छ । गाउँपालिकाको प्रथम सभा प्रद्धिस धार्मिक तथा पर्यटकीय स्थल अजयमेरुकोटमा हुने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण