2026-09-16 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक साताको पहिलो दिनमै ११.५३ अंकले घट्यो,कारोबार १० अर्बमाथि

काठमाडौँ । धितोपत्र दोस्रो बजार (सेयर बजार) मापक नेप्से परिसूचक आइतबार (वैशाख २८) ११.५३ अंकले घटेको छ । बजार घटेर २६५०.११ विन्दुमा बन्द भएको हो ।

यस दिन १० अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो। ८२ कम्पनीको सेयर मूल्य बढ्यो । १६४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीले भर्खरै आईपीओ निष्कासन गरेका हुन् ।दोस्रो बजारमा सूचीकृत भएदेखि नै यी कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । आईपीओ निष्कासन गर्नेबित्तिकै कसैले पनि बिक्री नगर्ने र माग बढ्दा सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।

जोशी हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु