२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बास्तोला कम्पेक्समा तिज ब्यापार मेला सुरु,एकै दिनमा करिब ६० लाख कारोबार

२०७४, १ भाद्र बिहीबार १३:५१


कमल सुबेदी  | भाद्र १, पोखरा  | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर  आयोजना गरेको तिज ब्यापार मेला आज बाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न.४ का उपाध्यक्ष मोति तिमिल्सीनाले ब्यवसायीक हितका लागि मेला महत्सवले ठुलो योगदान पुग्ने बताए । छरिएर रहेका ब्यसायीहरुलाइ एकिकृत गरि एउटै कम्प्लेक्समा ल्याउन कम्प्लेक्सले ठुलो भुमिका रहेको बताए । पर्यटकिय नगरी पोखरामा यस्ता प्रकारका मेला महोत्सबले अर्थतन्त्र ठुलो सहयोग पुग्ने बताए  ।  कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिब इन्द्र बहादुर कार्कीले ब्यबसायीक हितको लागि कम्प्लेक्स सदैब लाग्नु पर्ने बताए । बास्तोला कम्प्लेक्सका  संचालक बाबुराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा गणतान्त्रिक टोल बिकाश सस्थाका अध्यक्ष भिम बहादुर नेपाली ,बाणिज्य संघ बास्तोला कम्प्लेक्स इकाइ का सचिव रमेशलाल तिमिल्सीना लगाएलले बोलेका थिए । मेलाको संचालन कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका थिए ।  मेलामा आज  लोकदोहोरी गाएक कृष्ण सुबेदी सुनिता नेपाली लक्ष्मी बानिया र मिठु झाले दर्शकलाइ  तिजको गितमा छमछम नचाएका थिए । गाएक कृष्ण सुबेदीको ए मेरी पुतली बोलको गितमा दर्शक निकै रमाए ।


 मेलामा आज ६० लाखको कारोबार भएको कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए । मेला भाद्र ३ गते सम्म संचालन हुने बास्तोलाले बताए  । ब्यापार ब्यबसायका लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  । मेलामा सुक्रबार   चर्चित  लोक दाहोरी गाएक पशुपति शर्मा, मन्जु बिक र प्रदिप त्रिपाठी लगाएतको बेजोड प्रस्तुती रहने कम्प्लेक्स का संचालक माधव बास्तोलाले जानाकारी दिए  । पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  ।  





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न