भदौ १, काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ निक्षेप योजना ल्याएको छ । 

नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ निक्षेप योजना ल्याएको छ । 

नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्द"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआईसी एसिया बैंक लिमिटेडले नयाँ निक्षेप योजना ल्यायो

१ भाद्र २०७४, बिहीबार १४:१६


भदौ १, काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ निक्षेप योजना ल्याएको छ । 

नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्दै आएको बैंकले आफ्नो दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ । 

न्यूनतम एक लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा नौ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानी दिने छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता बैंकले प्रदान गरेको छ । 

आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २०% वोनस सेयर र १.०५% नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ