2026-09-16 04:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन नेप्से१३.९६ अंकले घट्यो,नेप्सेसँगै कारोबार रकम पनि घट्यो

लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् ।

बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घट्यो ।राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक धेरै कारोबार भएका कम्पनी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु