2026-10-02 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्ले दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

उनले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वसामु उजागर गर्न सगरमाथा संवादको आयोजना गरिएको जानकारी दिएका छन् । जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनीकरण गर्न साझा प्रतिबद्धता आवश्यक देखिएको गुरुङले बताए ।

मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । यसका लागि गोविन्दराज पोखरेलको संयोजकत्वमा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनर्संरचना समिति गठन गरिएको उनले बताए ।

बैठकले नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषद्ले औद्योगिक सम्पत्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‍मा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता