३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१ करोड ५२ लाखको कारोबार गर्दै बास्तोला कम्प्लेक्सको तिज मेला सम्पन्न

३ भाद्र २०७४, शनिबार १५:३७

कमल सुबेदी | भाद्र ३, पोखरा |पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले १ करोड ५२ लाखको कारोबार गर्दै तिज ब्यापार  मेला सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर भाद्र १ गते देखि सुरु भएको मेला ३ दिन सम्म चलेको  थियो । मेला अबधिभर ६३ हजार दर्शकले मेलाको अबलोकन गरेको  बास्तोला कम्प्लेक्स का संचालक उमराज बास्तोलाले जानाकारी दिए  । 

मेलाको आज पोखरा लेखनाथ महानगर पालीका का वडा न ९ का  अध्यक्ष रामराज लामिछानेले एक कार्यक्रमका बिच समापन गरे । कम्प्लेक्सले आगामी दिन पनि ब्यबसायीको आबश्यकतालाइ प्राथमिकतामा  राखि मेला महोत्सव गर्ने कम्प्लेक्स का संचालक माधव बास्तोलाले  बताए ।  मेला अबधिभर चर्चित  लोक दाहोरी गाएक पशुपति शर्मा, राम्जी पौडेल, कृष्ण सुबेदी ,प्रदिप त्रिपाठी ,तुलसा जिसी , मन्जु विक, माया गुरुङ्ग,लक्ष्मी बानिया,मिठु झा ,सुनिता नेपाली ,लगाएतका स्थानिय ख्याति प्राप्प कलाकारले   दर्शकलाइ  तिजको गितमा छमछम नचाएका थिए  । पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ