८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट

३ जेष्ठ २०८२, शुक्रबार १७:३९

काठमाडौँ। नेपालले अब भारतीय बन्दरगाहमार्फत् विराटनगर आइसिपीसम्म तेस्रो देशबाट सबै प्रकारका सामान ल्याउन पाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिएको जानकारी अनुसार भारतले कोलकाता र हल्दिया बन्दरगाह हुँदै विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका वस्तुहरू रेलकार्गोमार्फत् ल्याउन सहमति दिएको हो।

‘भारतको वाणिज्य मन्त्रालयले नेपालको वाणिज्य मन्त्रालयलाई पत्र पठाउँदै अब तेस्रो मुलुकका सबै प्रकारका वस्तु ल्याउन पाउने गरी सहमति दिएको हो,’ शुक्रबार मन्त्री भण्डारीले विराटनगरमा भने, ‘अब विराटनगरको आइसिपीसम्म एक महिनाभित्रै रेलकार्गोबाट समुद्रपारका सबै वस्तु ल्याउन पाइनेछ।’ मोरङ उद्योग व्यापार संघको ७४ औँ साधारण सभालाई सम्बोधनका क्रममा उनले यो जानकारी दिएका हुन्।

नेपाल र भारतले यस अघि गरेको पारवहन सन्धीमा सीमित वस्तु मात्रै यसरी ल्याउन पाइने उल्लेख थियो। २०८० जेठ १८ मा नेपाल र भारतबीच नयाँ पारवहन सन्धिमा हस्ताक्षर भएको थियो। तेस्रो देशबाट भारतको हल्दिया र कोलकाता बन्दरगाह हुँदै कोइला, क्लिंकर, सिमेन्ट र रासायनिक मल मात्र आयात गर्न पाइने सो सन्धिमा उल्लेख थियो। अब भने सबै सामान ल्याउन पाइने भएको मन्त्रीले जानकारी दिए।

‘दुई देशबीचको अन्तरसरकारी बैठकबाट आएको परिणाम हो यो,’ मन्त्री भण्डारीले भने, ‘बैठकमा नेपाल पक्षले रेलकार्गोबाट सबै प्रकारका वस्तु आयात गर्न पाउने गरी सन्धि संशोधन गर्ने मुद्दा उठाएको थियो। भारतीय पक्ष यसमा सहमत थियो। सोही अनुसार भारतबाट हामीलाई भर्खरै पत्र प्राप्त भएको छ। अब केही दिनभित्रै उक्त सहमति पारवहन सन्धिको अंग बन्ने छ। त्यसपछि रेलकार्गोमार्फत विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट जेजस्ता पनि सामानको आयात गर्न सकिने छ।’ मन्त्री भण्डारीले अबको एक महिनाभित्र यो सुविधा सुरू हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र