2026-10-07 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट

काठमाडौँ। नेपालले अब भारतीय बन्दरगाहमार्फत् विराटनगर आइसिपीसम्म तेस्रो देशबाट सबै प्रकारका सामान ल्याउन पाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिएको जानकारी अनुसार भारतले कोलकाता र हल्दिया बन्दरगाह हुँदै विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका वस्तुहरू रेलकार्गोमार्फत् ल्याउन सहमति दिएको हो।

‘भारतको वाणिज्य मन्त्रालयले नेपालको वाणिज्य मन्त्रालयलाई पत्र पठाउँदै अब तेस्रो मुलुकका सबै प्रकारका वस्तु ल्याउन पाउने गरी सहमति दिएको हो,’ शुक्रबार मन्त्री भण्डारीले विराटनगरमा भने, ‘अब विराटनगरको आइसिपीसम्म एक महिनाभित्रै रेलकार्गोबाट समुद्रपारका सबै वस्तु ल्याउन पाइनेछ।’ मोरङ उद्योग व्यापार संघको ७४ औँ साधारण सभालाई सम्बोधनका क्रममा उनले यो जानकारी दिएका हुन्।

नेपाल र भारतले यस अघि गरेको पारवहन सन्धीमा सीमित वस्तु मात्रै यसरी ल्याउन पाइने उल्लेख थियो। २०८० जेठ १८ मा नेपाल र भारतबीच नयाँ पारवहन सन्धिमा हस्ताक्षर भएको थियो। तेस्रो देशबाट भारतको हल्दिया र कोलकाता बन्दरगाह हुँदै कोइला, क्लिंकर, सिमेन्ट र रासायनिक मल मात्र आयात गर्न पाइने सो सन्धिमा उल्लेख थियो। अब भने सबै सामान ल्याउन पाइने भएको मन्त्रीले जानकारी दिए।

‘दुई देशबीचको अन्तरसरकारी बैठकबाट आएको परिणाम हो यो,’ मन्त्री भण्डारीले भने, ‘बैठकमा नेपाल पक्षले रेलकार्गोबाट सबै प्रकारका वस्तु आयात गर्न पाउने गरी सन्धि संशोधन गर्ने मुद्दा उठाएको थियो। भारतीय पक्ष यसमा सहमत थियो। सोही अनुसार भारतबाट हामीलाई भर्खरै पत्र प्राप्त भएको छ। अब केही दिनभित्रै उक्त सहमति पारवहन सन्धिको अंग बन्ने छ। त्यसपछि रेलकार्गोमार्फत विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट जेजस्ता पनि सामानको आयात गर्न सकिने छ।’ मन्त्री भण्डारीले अबको एक महिनाभित्र यो सुविधा सुरू हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए