काठमाडौँ | नेपाली बजारमा मङ्गलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।