भदौ ७, मोरङ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक गाडी उतै अलपत्र प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, मोरङ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक गाडी उतै अलपत्र प"/>

2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोगबनी नाका: यताका गाडी यतै, उताका गाडी उतै


भदौ ७, मोरङ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक गाडी उतै अलपत्र परेका छन् । 

अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गएको आइतबारदेखि यो बाटोबाट विराटनगर आउने र जाने मालबाहक गाडी ठप्प भएका हुन् । वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाका विराटनगर हो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष वीजेन्द्र परासरका अनुसार ट्रक, लरी र पेट्रोलियम पदार्थका ट्यांकरसमेत गरी ५०० भन्दा बढी गाडी उतै रोकिएका छन् । नेपालतर्फ मालसामान अनलोड गरेर भारततर्फ फर्किएका गाडी पनि ५०० कै हाराहारीमा छन् । 

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले विराटनगर नाकातर्फ आउन लागेका मालबाहक गाडीलाई तत्काल सुनसरीको भीमनगर भन्टाबारी भन्सार नाकाबाट ल्याउन सकिने बताउनुभयो । भारतको जोगबनी भन्सारका डेपुटी कमिस्नर पवन कुमारसित जोशीले भारततर्फको भीमनगरसित जोडिएको नेपालको भन्टाबारी भन्सारबाट मालसामान आयातको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

संघको प्रतिनिधिमण्डलले मीरगञ्जको क्षतिग्रस्त पुलको अवलोकन गरेपछि डेपुटी कमिस्नर पवन कुमारलाई भेटेको थियो । ‘यसका लागि धेरै ठूलो प्रक्रिया अपनाउनु पर्दैन’, जोशीले भन्नुभयो, दुवैतर्फका भन्सार प्रमुखले लिखित स्वीकृति दिए पुग्छ ।यसअघि पनि त्यो नाका सञ्चालनमा आएको बताउँदै उहाँले दुवै भन्सार प्रमुखको स्वीकृति भए तत्कालै नाका सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । जोशीका अनुसार भन्टाबारी भन्सार विराटनगर भन्सारअन्तर्गत नै सञ्चालित छ ।

त्यस्तै, विहारको राजधानी पटनास्थित भन्सारका प्रमुखको अनुमति लिएर जोगबनी भन्सारका प्रमुखले भीमनगर भन्सार नाकासम्बन्धी निर्णय गर्न सक्नेछन् । जोगबनीबाट भीमनगर–भन्टाबारी नाका ५५ किलोमिटर पश्चिममा छ । 

नेपालमा दशैँ, तिहार र छठजस्ता महत्वपूर्ण चाडबाड नजिकिएको बताउँदै उहाँले यसका लागि व्यवसायीले प्रशस्त उपभोग्य सामग्री आयात गरेकाले तत्कालै पहल आवश्यक रहेको बताउनुभयो । 

व्यापार संघका महासचिव नवीन रिजालले विराटनगर नाकाबाट आयात गरिने मालसामान रिरुट  (रुट परिबर्तन) गरेर अर्को नजिकैको काँकडभिट्टा भन्सारबाट प्रवेश गराउन धेरै प्रक्रियागत झण्झट रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘यस्तो रिरुट समुद्रपारका मुलुकबाट आयातित मालसामानमा मात्र हुन्छ’ , महासचिव रिजालले भन्नुभयो, ‘रिरुट गर्न कोलकाता बन्दरगाहस्थित भन्सारबाट जारी भएको सिटिडी (कस्टम ट्रान्जिट डिक्लारेसन) फाराममै सुधार गर्नुपर्ने हुन्छ । यसका लागि नेपालको वाणिज्य विभागको स्वीकृति लिएर कोलकातास्थित नेपालको महावाणिज्य दूतावासमा जानुपर्छ ।’   

यसपछि महावाणिज्य दूतावासले कोलकाता बन्दरगाहस्थित भन्सार कार्यालयलाई रिरुटका लागि सिफारिश दिएमात्रै सामान ल्याउन सकिन्छ । भारतबाट पैठारी गरिने सामानमा भने रिरुट गरिरहनु आवश्यक छैन ।

तेस्रो मुलुक वा भारत दुवै स्थानबाट आयातित सामानलाई भीमनगर–भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गराउनु नै अहिलेको सर्वोत्तम विकल्प रहेको महासचिव रिजालको भनाई छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई