पढ्न करिब 3 मिनेट लाग्छ

भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्ये पहिलो पटक २ वटा वडा कार्यलयको उद्घाटन गरिएको छ ।

बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी छायाँनाथ रारा नगरपालीका भित्रका वडा नं ३ र ४ नं वडाका वडा कार्यलयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमा बोल्दै छायाँनाथ रारा नगरपालीका मेयर हरिजङ शाहिले नगर समृद्धीको लागी सकारात्मक सोचाईमा लाग्नु पर्ने बताउनुभयो । मुगु जिल्ला नकरात्मक सोचाई तथा बिकास निमार्णमा आएको पैसा सहि सदुपयोग नभई एकैको गोजिमा जाने प्रवृद्धीले मुगु जिल्ला बिकासको दृष्टिीकोणमा पछि परेको बताउनुभयो । देश संघिय संरचनामा गहेको तथा सिङ दरबार अधिकार गाउँमा आएकाले बिकास निमार्णले अब फड्को मार्ने शाहिको भनाई छ । आगामी दिनमा बिकास निमार्ण तथा अन्य काममा काँहि कसैले त्रुटी देखिएको खण्डमा कार्यवाहि गरिने बताउनुभयो ।

छायाँनाथ रारा नगरपालीका भित्र यस आर्थिक बर्षमा गरीने बिकास निमार्ण पक्रिया का बारेमा स्थानीय लाई जानकारी गराउदै शाहिले छुटाईएका बिकासका काममा चुवाट नगरी सभ्य रुपमा काम गर्न आग्रह गनुभयो । छायाँनाथ रारा नगरपालीका लागी समृद्ध बनाउन सबैको आवश्यक पर्ने भएकाले सबैलाई आ आपनो क्षेत्रमा काम गरि नगरलाई समवृद्धी बनाउन अपिल समेत गनुभयो । उप मेयर सुन्तला रोकायाले छोरा र छोरीमा गरिने विबेदको अन्तय गर्नुपर्ने बताउनुभयो । हाम्रो समाजमा रुढीवाढी चलनले छोरा छोरीमा गरिने विभेदको अन्तय गर्न सबैमा अपिल गर्नुभयो । समाजमा छोरा लाई गर्ने माया र छोरी लाई गर्ने ब्यावहार फरक भएकाले विभेद न गर्न सबैमा अ्रागहसमेत गनुभयो ।

उपमेयर रोकायाले महिलाका हकहअधिकारका निम्ति संधै लडीरहने महिला दिदिहरुमाझ बचन बद्धता समेत गनुभयो । यसै बिच वडा नं ४का वडा अध्यक्ष बिस्नु कुमार भामले नगरपालीका भित्र रहेका १४ वडा मध्ये वडा नं ४ लाई अरु वडाको तुलनामा फरक पहिचना बनाउने बताउनुभएको छ । ४ नं वडामा बिकास निमार्ण काम देखि शिक्षा स्वास्थय लगायतका काम पनि अरु वडा को तुलनमा केहि परिवर्तीत गर्ने बचन बद्धता गनुभयो । उहाँले गाउँमा एक घर एक धारको अवधारण संगै गाउँ सरसफाई लगायतका ४ नं वडा लाई सम्वृद्ध वडा बनाउन लागि पर्ने बताउनुभयो । कार्यक्रमा सहभागी ४ नं वडाका स्थानीय कार्यलय उद्घाटन संगै खुसी देखिएका थिय । २० बर्ष सम्म कर्मचारी तन्त्र बाट चलेको काम तथा बिकास निमार्णले गति लिननसेको र अहिले २० बर्ष पछी जनप्रतिनिध आएकाले बिकास निमार्णले गतिलिनेमा स्थानीय बिश्वस्त रहेका छन । – नन्द बहादुर रोकायाको सहयोगमा