काठमाडौँ | साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य बढेको छ । लगातार ४ कारोबार दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँको दरले किनबेच भएको थियो । सुनको मूल्य सोमबारदेखि नै लगातार घटेको थियो । ४ कारोबार दिनकै बिचमा सुनको मूल्यमा प्रतितोला ४ हजार रुपैयाँले गिरावट आएको थियो ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । सामान्य उतारचढावका बिच आज प्रतितोला १५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँको दरले किनबेच भएको थियो ।