३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी संस्थालाई उद्यमसँग जोड्न सुझाव

११ भाद्र २०७४, आईतवार ११:५१

भदौ ११, बनेपा। सहकारी संस्थालाई आयआर्जन र उद्यमसँग जोड्न सरोकार भएकाहरुले सुझाव दिएका छन् । 

हिमालय कालिदेवी सहकारी संस्थाको आज बनेपामा भएको १६ औँ साधारणसभामा सहभागीहरुले उद्यमशीलतासहितको क्रण लगानी भए त्यसको प्रतिफल प्रभावकारी हुने बताए । 

बचत संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी संस्थालाई बचत गर्ने माध्यम मात्रै बनाउने होइन, आयआर्जनसँग पनि जोड्न जरुरी छ भन्नुभयो । 

जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले उद्यमशीलतासहितको क्रण लगानी सबैको साझा विषय भएको बताउनुभयो । 

हिमालय कालिदेवी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्याकुरेलले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न गत वर्षदेखि रेमिटेन्स सेवा पनि सञ्चालन गरिएको जानकारी दिँदै यस वर्षदेखि मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेे कार्यक्रम रहेको बताउनुभयो । 

रु ११ करोड ९१ लाख ६५ हजार १४९ को कारोबार गरेको संस्थाले रु ८० लाख ६९ हजार ३९१ खुद आम्दानी गरेको छ । विसं २०५८ सालमा स्थापना भएको यो संस्थाले काभ्रेपलाञ्चोकमा रु पाँच करोड ४८ लाख ७७ हजार ६४१ क्रण लगानी गरेको छ । 

जिल्लामा दर्ता भएका एक हजार ५०० सहकारी संस्थामध्ये करिब एक हजार १०० मात्रै सञ्चालनमा रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ