पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल आसोज २ देखि

२०७४, १२ भाद्र सोमबार १६:२९

पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम बारे जानकारी गराएको हो ।

१ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव विगतका संस्करणभन्दा व्यवस्थित र भब्य बनाइने आयोजकको दाबी छ । महोत्सवमा व्यावसायीक प्रयोजनका ९५, रेष्टुरेण्टका लागी १०, सामाजिक संघ संस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धि २० गरी कुल १२५ स्टल रहने जनाइयो ।

राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको प्रस्तुती, पप कन्सर्ट, हाँस्य कलाकारको प्रस्तुती, २५ देखी ४० बर्ष उमेर समुहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दशैंको अवसरमा खसी, बोका, च्याङ्ग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

पहिलो पटक महोत्सवमा भाले छोप्ने र ढिंडो खाने प्रतियोगिता समावेश गरिएको छ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव सम्पन्न गर्नका लागी ४१ लाख ९५ हजार खर्च लाग्ने र ४८ लाख ४० हजार आम्दानी गर्ने अनुमान गरिएको छ । साथै, बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रबद्र्धनका , ५ प्रतिशत दैविक प्रकोप र ५ प्रतिशत असाहाय बालबालिकाको लागि खर्चिने बताइयो ।

महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको छ । अतिथि सत्कार संयोजकमा दिपक तिमिल्सीना, प्रचारप्रसार संयोजकमा जीवन दाहाल, अर्थ संकलन संयोजकमा रामप्रसाद ज्ञवाली, सांस्कृतिक संयोजकमा यामबहादुर गुरुङ, स्टल ब्यवस्थापन संयोजकमा धर्मबन्धु सुवेदी, बाल उद्यान संयोजकमा अर्जुन खनाल, पार्किङ व्यवस्थाप संयोजकमा देवेन्द्र खनाल, खाजा तथा खाना व्यवस्थापनमा प्रकाश सुवेदी, सरसफाई तथा पानी संयोजकमा प्रेम सापकोटा, स्टेज व्यवस्थापन संयोजकमा तुलसा जिसी र अमला भट्टचन, अनुगमन संयोजकमा चीरञ्जीवी श्रेष्ठ, सुरक्षा संयोजकमा केपी शर्मा, टिकट व्यवस्थापनमा डीलराज पाण्डे, रेष्टुरेण्ट अनुगमन संयोजकमा दीपक शर्मा र स्वास्थ्य समिति संयोजकमा मनोज केसी रहेका छन् ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, बृद्धबृद्धा, बालबालिकाहरुका लागि परिचय पत्रको आधारमा छुट सहित ४५ रुपैयाँ कायम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आयोजक संस्थाका संस्थापक अध्यक्ष चीरञ्जीवी बस्नेत , निवर्तमान अध्यक्ष केपी शर्मा पाध्या , सल्लाहाकार वसन्त गौचन लगायतको उपस्थिति रह्यो । कार्यवाहक अध्यक्ष दीपक तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण