काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो। आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार २१ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २१ सय ५० मा कारोबार भैइरहेको छ।