भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बग"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनको कुमरोजमा जिप सफारी सञ्चालन

१३ भाद्र २०७४, मंगलवार १०:००

भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जिप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । 

सामुदायिक वनले करिब रु दुई लाखको लागतमा सडक मर्मत गरेर सफारी अवरुद्ध भएको जिप सञ्चालनमा ल्याएको हो । गएको साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले यहाँका विभिन्न बस्ती डुबानसँगै पर्यटन मार्गका विभिन्न क्षेत्र बगाएको थियो । अहिले यहाँ पाँच वटासम्म जिपमा पर्यटकले सफारी गर्ने गरेका छन् । 

कुमरोजभित्र जंगल क्षेत्रको एउटा रुटमा जिप सफारी शुरु भएको र अर्काे रुट सञ्चालनका लागि अझै समय लाग्ने छ । राप्ती नदीको ड्याक क्षेत्रमा बढी क्षति भएकाले दोस्रो रुटमा सफारी सञ्चालन गर्न समय लाग्ने नेपालले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जपछि जिप सफारी शुरु भएको कुमरोजमा पछिल्लो समयमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गएको पुसदेखि शुरु भएको जिप सफारीबाट मात्रै अहिलेसम्म यहाँ रु ३० लाखको आम्दानी भएको सामुदायिक वनले जनाएको छ । यहाँ हात्ती सफारीसमेत सञ्चालन हुँदै आएको छ । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउनुहुन्छ । 

कुमरोजमा पछिल्लो समयमा बाघ गैँंडाको बासस्थान राम्रो हुँदैगएकाले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज जाने गरेका छन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँ थारु, दराई र गुरुङ होमस्टे (घरबास) सञ्चालन गरिएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ