काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिने मौद्रिक नीतिसम्बन्धी सुझाव मागेको छ।
राष्ट्र बैङ्कले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैङ्कको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ।
सरकारको वार्षिक बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले त्यसलाई सघाउन मौद्रिक नीति तर्जुमा गर्दै आएको छ। सोही अनुसार, आगामी वर्षको मौद्रिक नीति निर्माण प्रक्रियाका लागि समेत सुझाव संकलन गर्न थालिएको हो।