भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नाराय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नाराय"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने

१४ भाद्र २०७४, बुधबार ११:५०

भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो । 

प्रमुख दाहालले जग्गाको तत्काल वर्गीकरण गरी उचित व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै अहिले भइरहेको अस्तव्यस्त जग्गा खण्डीकरण भने रोकिने बताउनुभयो । यस कार्यमा महानगरलाई सहयोग गर्न समेत उहाँले जग्गा व्यवसायीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा उपप्रमुख पार्वती शाहले सुन्दर महानगर निर्माणका लागि जग्गा तथा आवास व्यवसायीले कानूनको अधिनमा रही सहयोग पु¥याउन आग्रह गर्नुभयो । 

हालै मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट तथा बिक्री वितरणमा रोक लगाइएको र सोसम्बन्धी अदालतमा पुगी जग्गा खरिद बिक्री वितरणमा रोक नलगाउन निर्देशन गरिसकेकामा सम्बन्धित निकायले काम कारबाही नगरेकामा व्यवसायीले विरोध जनाएका थिए । पछिल्लो समयमा खेतीयोग्य जमिनमा समेत खण्डीकरण गर्ने क्रम बढेसँगै भूमि व्यवस्थापनको चिन्ता सर्वत्र हुन थालेको छ । 

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष केशवकुमार कार्कीले व्यवसाय धरासायी हुने गरी सरकारले जनताको नैसर्गिक अधिकार रोक्न नहुने बताउँदै व्यवस्थित खण्डीकरणका पक्षमा व्यवसायी रहेको बताउनुभयो । रासस  (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ