पढ्न करिब 4 मिनेट लाग्छ

चिसाङ शेर्पा | भदौ १४, खोटाङ | गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्म तराईका २६ जिल्लामा डुबानसंगै उदयपुरको त्रियुगा नदीले खोटाङ आउने विधुतको हाईटेन्सन लाईन अन्तरगतको ४ वटा विजुलीको पोल, तार बगाईदिंदा १० दिन खोटाङ र ओखढुङगामा विधुत सेवा अवरुद्ध भयो । खोटाङमा विधुतको खडेरी नै लाग्यो, व्यापार, व्यावसाय चौपट हुंदा खोटाङवासीले ठूलो घाटा बेर्होनु पर्यो । जिल्लामा सञ्चालित दुई सामुदायिक रेडियो, ४ वटा पत्रिका, एनसेल, वैंक, वित्तिय संस्था, फोन पुर्णरुपमा बन्द हुंदा एक हिसाबले जिल्ला अन्धकारमय भएको थियो ।

माथिको तश्विरमा: एक मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर । तस्विर: चिसाङ शेर्पा/ साझा सबाल, खोटाङ |

विजुली नहुंदा खोटाङमा यातायात सञ्चालनमा समेत वाधा पुग्यो । बत्ती नभएकाले पेट्रोल पम्पमा तेल लगाउन गाडी तथा मोटरसाईकलले समेत आधाघण्टा पर्खनु पर्यो । सदरमुकामका विभिन्न पसलले प्रति गोटा २० रुपैंयाले मोवाईल चार्ज गरे, टाढा टाढावाट मोवाईल चार्ज गर्नकै लागि दिक्तेल आउनुपर्यो । जेनेरेटर चलाएर काम हुने विभिन्न कार्यलयमा चार्ज गर्न मोवाईलको वजार नै लाग्यो । ‘१० दिनसम्म जिल्लामा विजुली नहुंदा ढुङगेयुग महशुष भएको नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।’

केन्द्रिय विधुतको भुक्तो हुंदा खोटाङवासीहरु साप्सु कालिका हाईड्रोपावरको आलोचना गर्दै वसे । २०५७ सालबाट केन्द्रिय बिधुत प्रबाह भएको खोटाङ्गमा ३९ गाबिस वढिका स्थानियहरुले बेकम्मा हाईड्रोपावरको खिल्ली उडाएको हो । १८ बर्षसम्म दैनिक अध्याँरोमा बसिरहेका बिधुत उपभोक्ताहरुलाई उज्यालो दिने भनेर ढाँट्ने साप्सु कालिका हाईड्रोपावरले अन्धकारमा राखेपछि उनीहरु आक्रोसित वनेका हुन् ।

खोटाङ जिल्लालाई लोडसेडिङमूक्त बनाउँने भन्दै सञ्चालनमा ल्याईएको साप्सु कालिका हाईड्रोपावर विभिन्न वहानामा उपभोक्ता ढाँट्दै बेकम्मा प्रकृतीमा रहेको छ । ७० प्रतिशत बैंक लगानी तथा ३० प्रतिशत उपभोक्ताको शेयरबाट गत पुष महिनामा सञ्चालन ल्याईएको १ मेघावट क्षमताको हाईड्रोपावर यतिखेर सञ्चालनमा छ या छैन भन्ने कुरानै थाहा नभएको जिल्लावासीको गुनासो छ । विकट जिल्ला त्यसमा पनि लोडसेडिङ तथा बिद्युत अवरुद्धताको चरम मार खेप्दै आएको खोटाङलाई उज्यालो दिने वहानमा जिल्लाका विधुत उपभोक्ता ढाँटेर आयोजनाले पूनश्च अन्धकारमानै बस्न बाध्य बनाएको उनिहरुको गुनासो छ ।

खोटाङकै इतिहाँसमा पहिलो पटक निर्माण भएको हाईड्रोपावरप्रति जिल्लावासीको जुन उत्सुकता थियो, तर जिल्लावासीले त्यसको फाईदा लिन नपाँउदा अहिले ‘छ भन्ने कथन मात्र” भएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । उनले भने, “आयोजनाले जिल्लालाई उज्यालो बनाउँछु भनेर जनतालाई ढाट्ने काम गर्यो ।’

पूर्व जिविस सभापति विष्णुकुमार राईका अनुसार, ‘लामो समयसम्म्म केन्द्रिय प्रशारण विद्युत अवरुद्ध भएमा मेवाखोला हाईड्रोपावरलाई स्थानीयरुपमा प्रयोग गर्न सकिने नबनाएसम्म उक्त हाईड्रोपावरको उपलव्धी अनुभत हुँदैन ।’

जिल्लावासी तथा सानीमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेर २१ करोड ५० लाख लागतमा निर्माण सम्पन्न तथा साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा विद्युत उत्पादन सुरु गरेको हाईड्रोपावर उनिहरुकै वेवास्थामा रहेको बझिएको छ ।

साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रमुख अर्जुन राईका अनुसार हाईड्रोपावरलाई आइसुलेटेड मोडमा राख्न नसक्दा बिद्युत प्रवाहा गर्न नसकिएको हो । उनले भने,“ आईसुलेड मोडमा जडान गर्नका लागि एक्पोर्ट जडान गर्नलाई आवश्यक पहल भईरहेको छ । ”

त्यसोत, हाईड्रोपावरमा आइसुलेडमोड जडान गर्न भन्दै कम्पनीले जेनेरेटर पनि ल्याएको थियो । जडानपछि काम नगरेका कारण आइसुलेडमोडमा जडान गरेर वत्ति बाल्ने कम्पनीको सपना अलपत्र बनेको छ । हाल राष्ट्रिय विद्युतले मात्र हाईड्रोपावर स्टार्ट हुने गरेको छ । राष्ट्रिय विद्युत नभए हाईड्रोपावको मेसीन चल्दैन् । जिल्लामा केन्द्रिय विद्युत प्रशारण लाईनको भरोसा पनि छैन्, आउने र जानेको टुंगो नभएको केन्द्रिय विद्युत प्रशारण लाईन प्राधिकरणको लापरवाहीका कारण हप्तौसम्म विग्रे पनि बनाईदैन ।

२०७१ मंसिर महिनाबाट निर्माण सुरु गरेको साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालिले जिल्लाबासीलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन ल्याईएको हाईड्रोपावर बुइपास्थित केन्द्रीय लाईनको सव–स्टेशन पुर्याएर उपभोक्ताको घर–घरमा २४ सै घण्टा विद्युत प्रवाहा गर्ने गरि कार्य गरेको थियो । यद्यपी, हिउँदमा सातामा ४४ घण्टा, दिनमा ७ घण्टा लोडसेडिङ्ग झेलिरहेका खोटाङ्गका जनतालाई कहिले उज्यालो दिने भनेर प्रश्न वढ्न थालेको छ ।