2026-10-07 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी गर्ने, तालिम, अनुसन्धान र क्षमता अभिवृद्धिका लागि संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवर्द्धनलाई जोड दिइने उल्लेख गरिएको छ ।
समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता दिनुका साथै दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका महासङ्घका अध्यक्ष ढकालले बताउनुभयो ।
सम्झौताअनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा सहयोग आदानप्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
क्याम्फेबाका उपाध्यक्ष लोरले महासङ्घ र क्याम्फेबाबीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना गर्नुका साथै बलियो सञ्जाल र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भई ९० दिनको सूचनामा रद्द गर्न सकिने प्रावधान रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाउनुका साथै समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
समझदारीपत्र हस्ताक्षर समारोहमा महासङ्घका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो । यो सम्झौताले दुई देशको व्यापार प्रवर्द्धन, व्यापारिक समुदायबीच सहकार्य र लगानी विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो