काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट सन्तुलित रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफल प्रस्तुत गर्दै उनले बजेटको संरचना यथोचित र सन्तुलित रहेको बताए।
उनका अनुसार पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढाइएको छ भने अन्तर सरकारी वित्त हस्तान्तरण आयोगको सिफारिसभन्दा करिब ४ अर्ब बढी छुट्याइएको छ।
अर्थमन्त्री पौडेलले आम्दानी पक्षमा राजस्वले कुल खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको र पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताए।
उनले बजेटमार्फत पुँजीगत खर्च विस्तार, राजस्व वृद्धि र संघीय वित्तीय हस्तान्तरणलाई प्राथमिकता दिइएको पनि उल्लेख गरे।