2026-10-07 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीको बजेटमा माओवादीको असहमति, प्रदेशसभा बैठक अन्योलमा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को असहमति देखिएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

माओवादीले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने निर्णय जनाएको छ। माओवादी संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस भएका योजनाहरू बजेटमा समावेश नहुँदासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

आइतबार दिउँसो २ बजे प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। तर माओवादीको असहमतिको कारण बैठक सुरु हुन सकेको छैन। हाल कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ र सहमतिको प्रयास जारी रहेको बताइएको छ।

सत्तारुढ एमालेले भने बजेट पेश नहुँदै विरोध गर्नु उपयुक्त नभएको बताएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार आइतबार दिउँसो २ बजे बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेको छ। संसद्मा प्रस्तुत गर्नु अगावै बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उनले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो