Skip to content
Friday, July 17, 2026 Nepali Online Media

त्रिभुवन राजपथमा पहिरो र रूख हटाई यातायात सञ्चालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १६, मकवानपुर। त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७:३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो पहिरो हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिमभञ्ज्याङमा रहेका प्राविधिक र डोजर त्यसतर्फ पठाई तत्काल यातायात सञ्चालनमा ल्याउन सक्रिय रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।

यसैगरी, चितवनको मुग्लिन सडक दुवैतर्फ अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आएका सवारीसाधन अहिले नियमित हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभएको छ । रासस