२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन कारोबार रकममा १८ प्रतिशतले वृद्धि, नेप्से परिसूचकमा सामान्य गिरावट

२०८२, ४ असार बुधबार १५:४७

काठमाडौँ । बुधबार सेयर बजारमा कारोबार रकममा उल्लेखनीय वृद्धि देखिए पनि नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से १.०७ अंकले घटेर २६५३ अंकमा झरेको छ।

आजको दिन कारोबार रकम १८ प्रतिशतले बढेर ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो रकम ७ अर्ब ६५ करोड रुपैयाँ थियो।

कुल ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ, एक कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र अन्य समूहका सूचकहरू उकालो लागेका छन् भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहका सूचकहरूमा गिरावट आएको छ।

विशेषगरी पियोर इनर्जी र जोशी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएका कम्पनीमा परेका छन्। युनियन हाइड्रोपावर ९.२२ प्रतिशत, सिंगटी हाइड्रो इनर्जी ८.०९ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावर ८.०५ प्रतिशत बढेको छ।

दोस्रोतर्फ, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ, जसको मूल्य १० प्रतिशतले घटेको छ। यस्तै सप्तकोशी विकास बैंकको ७.३९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशतले मूल्य घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप, र युनियन हाइड्रोपावर परेका छन्।

सेयर बजारको हालको अवस्था हेर्दा लगानीकर्ताको ध्यान जलविद्युत् र ऊर्जा समूहतर्फ आकर्षित भएको देखिन्छ भने बैंकिङ तथा विकास बैंक समूहमा केही दबाब देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन