२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, संयुक्त कारोबार सुरु हुँदै

५ असार २०८२, बिहीबार १२:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबीचको एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ। अबदेखि दुबै कम्पनी एकीकृत भई ‘आइएमई खल्ती लिमिटेड’ नामबाट आधिकारिक रूपमा सञ्चालनमा आउने भएका छन्। नयाँ कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ।

संयुक्त कारोबार पश्चात्, मोबाइल एपको ब्रान्ड नाम भने ‘खल्ती’ नै प्रयोग गरिनेछ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताको समायोजन प्रक्रिया तीव्र रूपमा अघि बढाइनेछ। यस अवधिमा आइएमई पे र खल्ती दुबै एप यथावत रूपमा सञ्चालनमा रहने दुवै कम्पनीले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रयोगकर्ताहरूका खाता, मौज्दात रकम, खल्ती प्वाइन्ट तथा आइएमई पे रिवार्ड प्वाइन्टहरू समेत तोकिएको अवधिभित्र एकीकृत गरिनेछ। दुबै एपमा खाता भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एउटै प्लेटफर्ममा समावेश हुनेछन्। आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई भने स्वीकृतिपछि खल्तीमा स्थानान्तरण गरिनेछ।

नयाँ प्रयोगकर्ताहरूले सिधै खल्ती एप डाउनलोड गरेर सेवा उपयोग गर्न सक्नेछन्, जबकि हाल आइएमई पे प्रयोग गर्दै आएका प्रयोगकर्ताहरू पनि खल्ती एपमै सबै सुविधा प्राप्त गर्न सक्नेछन्।

संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि, आइएमई पेमा रहेका सबै फिचरहरू खल्ती एपमा समावेश गरिनेछन्। साथै, आइएमई पेमा भएका ग्राहकहरू पनि एक ट्यापमै खल्ती एपमा सहज रूपमा आबद्ध हुन सक्नेछन्।

दुवै कम्पनीको मर्जरले नेपालको डिजिटल कारोबार प्रणालीलाई थप सबल बनाउने विश्वास व्यक्त गरिएको छ। केन्द्रीय बैंकको फिनटेक विस्तार रणनीतिसँग मेल खानेगरी, यस मर्जरले नगद कारोबारमा कमी ल्याउने, विद्युतीय कारोबारलाई देशको सहरीदेखि ग्रामीण भेगसम्म विस्तार गर्ने, पारदर्शिता कायम गर्ने र समय तथा खर्चको बचत हुने अपेक्षा दुवै कम्पनीले गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला