2026-10-07 05:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, संयुक्त कारोबार सुरु हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबीचको एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ। अबदेखि दुबै कम्पनी एकीकृत भई ‘आइएमई खल्ती लिमिटेड’ नामबाट आधिकारिक रूपमा सञ्चालनमा आउने भएका छन्। नयाँ कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ।

संयुक्त कारोबार पश्चात्, मोबाइल एपको ब्रान्ड नाम भने ‘खल्ती’ नै प्रयोग गरिनेछ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताको समायोजन प्रक्रिया तीव्र रूपमा अघि बढाइनेछ। यस अवधिमा आइएमई पे र खल्ती दुबै एप यथावत रूपमा सञ्चालनमा रहने दुवै कम्पनीले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रयोगकर्ताहरूका खाता, मौज्दात रकम, खल्ती प्वाइन्ट तथा आइएमई पे रिवार्ड प्वाइन्टहरू समेत तोकिएको अवधिभित्र एकीकृत गरिनेछ। दुबै एपमा खाता भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एउटै प्लेटफर्ममा समावेश हुनेछन्। आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई भने स्वीकृतिपछि खल्तीमा स्थानान्तरण गरिनेछ।

नयाँ प्रयोगकर्ताहरूले सिधै खल्ती एप डाउनलोड गरेर सेवा उपयोग गर्न सक्नेछन्, जबकि हाल आइएमई पे प्रयोग गर्दै आएका प्रयोगकर्ताहरू पनि खल्ती एपमै सबै सुविधा प्राप्त गर्न सक्नेछन्।

संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि, आइएमई पेमा रहेका सबै फिचरहरू खल्ती एपमा समावेश गरिनेछन्। साथै, आइएमई पेमा भएका ग्राहकहरू पनि एक ट्यापमै खल्ती एपमा सहज रूपमा आबद्ध हुन सक्नेछन्।

दुवै कम्पनीको मर्जरले नेपालको डिजिटल कारोबार प्रणालीलाई थप सबल बनाउने विश्वास व्यक्त गरिएको छ। केन्द्रीय बैंकको फिनटेक विस्तार रणनीतिसँग मेल खानेगरी, यस मर्जरले नगद कारोबारमा कमी ल्याउने, विद्युतीय कारोबारलाई देशको सहरीदेखि ग्रामीण भेगसम्म विस्तार गर्ने, पारदर्शिता कायम गर्ने र समय तथा खर्चको बचत हुने अपेक्षा दुवै कम्पनीले गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो